June 16, 2024

एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल)मा आज सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स आमने-सामने हुँदैछन्। आइपिएलको नयाँ सिजनको दोस्रो खेलका लागि सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सले एक-अर्काको सामना गर्न लागेका हुन्।

मुम्बई र हैदराबाद बीचको खेल आज राति हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ। खेल नेपाली समय अनुसार साझ ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

आजको खेलमा दुवै टोली आइपिएलको जारी संकरणको पहिलो जितको खोजिमा हुनेछन्। यस अगाडीका खेलमा दुवै टोली पराजित भएका थिए। हैदराबादलाई कोलकाता नाइट राइडर्सले चार रनले पराजित गर्दा मुम्बई गुजरात टाइटन्ससँग ६ रनले पराजित भएको थियो।

सनराइजर्स हैदरावाद अस्ट्रेलियाका कप्तान पाट कमिन्सको नेतृत्वमा आइपिएल खेलिरहेको छ। सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीहरु छन्। सनराइजर्स उमरान मलिक, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार र अभिषेक शर्मा जस्ता भारतीय खेलाडीहरु छन्।

उसका लागि कप्तान कमिन्स, वानिन्दु हसरंगा, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता खेलाडी महत्वपूर्ण हुने देखिन्छन्। मुम्बई इण्डियन्समा कप्तान हार्दिक पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडी छन्।

मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस जस्ता विदेशी खेलाडी छन्। मुम्बई इन्डियन्सले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ। हैदराबादले भने हालसम्म एकपटक मात्र उपाधि जितेको छ।

हेड टु हेड

सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स आइपिएलमा अहिले सम्म २१ पटक आमने-सामने भएका छन्। जसमध्ये १२ खेलमा मुम्बई विजयी भएको छ भने बाँकी ९ खेलमा हैदराबाद विजयी भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *