June 22, 2024

एजेन्सी – अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले इन्डियन प्रिमियर लिग(आइपिएल)मा चेन्नई सुपरकिंग्सका भेट्रान क्रिकेटर महेन्द्र सिंह धोनीको खुलेर प्रशंसा गरेका छन्।

गुजरात टाइटान्स विरुद्धको खेलमा धोनीले लियेर्को सानदार क्याचको विषयमा कुराकानी गर्नेक्रममा स्मिथले चेन्नई सुपरकिंग्सका भेट्रान क्रिकेटर महेन्द्र सिंह धोनीको खुलेर प्रशंसा गरेका हुन्।

स्टम्प पछाडि धोनीको सानदार प्रयासले अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथलाई चकित तुल्यायो र स्मिथले स्टार स्पोर्ट्सको कार्यक्रममा ४२ वर्षको विकेट किपिङ क्षमताको प्रशंसा गरे।

“धोनीले सानदार जम्प लगाए। त्यो बल २ मिटर भन्दा पर थियो। तर धोनीले त्यो क्याच लिए। साँच्चै त्यो सानदार क्याच थियो। प्रतिक्रिया जनाउन धोनीसँग धेरै समय थिएन। तर उनले त्यो सफलता पूर्वक क्याच लिए।”,स्मिथले भने।

इङ्ल्यान्डका पूर्व फास्ट बलर स्टुअर्ट ब्रोडले पनि धोनीको प्रशंसा गर्दै भने कि विकेटकीपर ब्याट्सम्यानसँग कुनै खेलमा ब्याटिङ नगरी पनि तत्काल प्रभाव पार्ने वा परिवर्तन गर्ने उल्लेखनीय क्षमता छ।

ब्रोडले भने, “उनी अझै धेरै राम्रो छन् हैन? उनी खेलको एक लिजेन्ड हुन्। मलाई लाग्छ कि धोनीले ब्याटिङ गर्नुपर्दैन। अझै पनि उनी मिनेटभरमा खेललाई परिवर्तन गर्न सक्छन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *