June 16, 2024

एजेन्सी – मंगलबार राति इन्डियन प्रिमियर लिग(आइपिएल)को जारी सिजनमा साविक विजेता चेन्नाई सुपरकिंग्सले दोस्रो जित दर्ता गर्यो। चेन्नाईले गुजरात टाईटन्सलाई सहजै पराजित गरेको हो।

चेन्नाईले एमए चिदम्बरम स्टेडियममा भएको खेलमा गुजरात माथि ६३ रनको फराकिलो जित दर्ता गर्यो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन जोड्यो।

विशाल लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन भन्दा बनाउन सकेन। जससंगै चेन्नाई आइपिएलको शिर्ष स्थानमा उक्लिन सफल भयो।

गुजरात माथि निकाल्ने क्रममा चेन्नाईले रेकर्ड पनि बनायो। मंगलबार चेन्नाईले दर्ता गरेको ६३ रनको जित गुजरात माथि निकालेको अहिले सम्मको ठूलो जित हो।

त्यस्तै गुजरात विरुद्ध चेन्नाईले जोडेको २ सय ६ रनको योगफल चेन्नाईले आइपिएलमा जोडेको तेस्रो ठूलो रन हो। यस अगाडी चेन्नाईले सन् २०२३ मा मुम्बई विरुद्ध २ सय १८ रन जोडेको थियो भने सन् २०२३ मै केकेआर विरुद्ध २ सय ७ रन जोडेको थियो।

त्यस्तै चेन्नाईका समीर रिजवीले पहिलो बलमै छक्का प्रहार गरे। यससंगै आइपिएल करियरको पहिलो बलमै छक्का प्रहार गर्ने खेलाडीको सूचीमा समीर रिजवीले इन्ट्री पाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *