June 22, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोली निरन्तर टी-२० विश्वकपको तयारीमा छ। सन् २०२४ जुनबाट सुरु हुने विश्वकपका लागि छनोट भएयता नेपालले तयारी स्वरूप विभिन्न सिरिजहरु खेलिसकेको छ।

नेपालले सोमबार र मंगलबार आयरल्याण्डको ‘ए’ टीमसँग टी-० सिरिज खेल्यो। दुवै खेलमा जित निकाल्दै सिरिज नेपालले कब्जा गर्यो। अब नेपाल भारत तर्फ लाग्ने छ।

यस अगाडी नै तय भएको कार्यक्रम अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गर्न लागेको हो। भारतमा नेपालले भारतका दुई स्टेट क्रिकेट टोलीसँग सिरिज खेल्नेछ।

नेपालले बरोडा र गुजरात क्रिकेट संघको टोलीसंग त्रिकोणात्मक टि२० प्रतियोगिता खेल्नेछ। नेपाल, बरोडा र गुजरात बीचको सिरिज मार्च ३१ देखि अप्रिल ७ सम्म चल्नेछ।

नेपालले ३१ मार्चमा गुजरातको सामना गर्नेछ भने बरोडाको सामना अप्रिल २ मा गर्नेछ। त्यस्तै अप्रिल ३ मा नेपालले पुनः गुजरातको सामना गर्नेछ। नेपाल र बरोडा बीचको दोस्रो खेल अप्रिल ५ मा हुनेछ। त्यस्तै सिरिजको फाइनल अप्रिल ७ मा हुने।

श्रोत : क्यान

Leave a Reply

Your email address will not be published. Required fields are marked *