June 22, 2024

एजेन्सी – इङ्ल्यान्डका पूर्व कप्तान माइकल भानले रोहित शर्मालाई आईपीएल २०२४ मा मुम्बई इन्डियन्सको कप्तानबाट हटाएर उनको स्थानमा हार्दिक पाण्ड्यालाई नियुक्त गरिएकोमा प्रश्न उठाएका छन्।

आइपिएलमा मुम्बईले सनराइजर्स हैदरावादको सामना गर्दा एक टेलिभिजन कार्यक्रमका क्रममा भानले रोहित शर्मालाई कप्तानबाट हटाउने मुम्बईको निर्णयलाई लिएर प्रश्न उठाएका हुन्।

रोहित शर्मालाई कप्तानबाट हटाउने मुम्बईको निर्णय देखेर आफू अचम्ममा परेको उनको भनाई छ। उनले भने,”रोहितलाई मुम्बईको कप्तानबाट हटाउने निर्णय अजिव छ।”

हार्दिक पाण्ड्यालाई मुम्बई इन्डियन्सले गुजरात टाइटन्सबाट किनेको थियो। जसपश्चात उनलाई मुम्बईले क्लबको नयाँ कप्तानको रुपमा घोषणा गरेको थियो।

हार्दिक पाण्ड्याको कप्तानीमा मुम्बईले आइपिएलको जारी सिजनमा दुई मध्ये दुवै खेलमा हार बेहोरेको छ। पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको मुम्बई दोस्रो खेलमा सनराइजर्स हैदरावादसँग पनि पराजित भयो।

यससंगै अहिले हार्दिकको कप्तानीलाई लिएर आलोचना हुन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *