June 22, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले सरकारले घोषणा गरेको आधाभन्दा बढी पुरस्कार नपाएको गुनासो गरेका छन्।

भारत प्रस्थान गर्नु अगाडी आयोजित बिदाई कार्यक्रममा बोल्ने क्रममा कप्तान पौडेलले टी-२० विश्वकपमा छनोट भएको ५ महिना बितिसक्दा पनि सरकारले घोषणा गरेको रकम नपाएको गुनासो गरे।

नेपाल सन् २०२३ मा टी-२० विश्वकपका लागि छनोट भएको थियो। नेपाल विश्वकपका लागि छनोट भएसंगै सरकारले नगद पुरस्कारको घोषणा गरेको थियो। तर सो पुरस्कार अहिले सम्म प्राप्त नभएकोमा कप्तान पौडेलले गुनासो पोखे।

“सरकारले घोषणा गरेको ५०/६० प्रतिशत रकम अहिलेसम्म पाएका छैनौँ। टी-२० विश्वकप छनोटपछि घोषणा गरेको रकम अहिलेसम्म उहाँहरूले भुक्तानी गर्नुभएको छैन। विश्वकप खेल्न १र२ महिना बाकी छ । दिनुहुन्छ भन्नेमा मलाई विश्वास छ।”,पौडेलले भने।

बिदाई कार्यक्रमका क्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ पनि उपस्थित थिए। उनी बिदाई कार्यक्रमको प्रमुख अतिथि थिए। उनले रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

श्रेष्ठले भने,”कप्तानले भने जस्तै अरू खेलको पनि छ । अहिले त्यसलाई अगाडि बढाएका छौँ। तपाईँहरू प्रदर्शनले हामीलाई यहाँ सम्बन्धित ठाउँमा दह्रोसँग उभिन मद्दत गर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *