June 14, 2024

काठमाडौँ – उच्च अदालत पाटनले नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पहिलो सुनुवाइको मिति तोकेको छ। उच्च अदालत पाटनमा पुनरावेदन गर्न गएका क्रिकेटर सन्दीप लामिछानेको पहिलो पेशी एक सातापछिका लागि तोकिएको हो।

बलात्कार आरोपित सन्दीपले जिल्ला अदालत काठमाडौंको फैसला पुनरावलोकनका लागि उच्च अदालतमा निवेदन दिएका थिए । तारिख बुझेकाले अब पहिलो सुनुवाई चैत २३ गते शुक्रबार हुने उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए ।

उच्च अदालतले बिहिबार पहिलो तारेखका लागि सन्दीपलाई बोलाएको थियो। सन्दीप अदालतमा हाजिर भएर पेशी बुझेका थिए। त्यसपछि उच्च अदालतले चैत २३ गतेका पहिलो सुनुवाई तोकेको छ।

एक पक्षले मात्र पुनरावलोकनको निवेदन दिएको भए चैत २३ मा झगडिया झिकाउने आदेश हुने थियो। तर दुवै पक्षले जिल्ला अदालतको फैदाला विरुद्ध पुनरावेदन दिएका छन्।

गत वर्ष ‘गौशाला २६’ ले क्रिकेटर सन्दीपलाई बलात्कारको मुद्दा दर्ता गरेकी थिइन् । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो।

सन्दीप पक्षले निर्दोष रहेको दावी गर्दै पुनरावेदन दिँदा पिडित भनिएको पक्षले सजाय कम भएको भन्दै पुनरावेदन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *