June 14, 2024

एजेन्सी – यस पटकको इन्डियन प्रिमियर लिग(आइपिएल) मुम्बई इन्डियन्सका लागि खास हुन सकिरहेको छैन। मुम्बईले नयाँ सिजनका सुरुवातका दुई खेल मध्ये दुवै खेलमा पराजय भोगेको छ।

यससंगै यति बेला मुम्बईका नयाँ कप्तान हार्दिक पाण्ड्याको नेतृत्व क्षमता बारे प्रश्न उठिरहेको छ। बुधबार सनराइजर्स हैदरावादविरुद्धको टोलीको प्रदर्शन निकै लज्जास्पद रह्यो । हैदरावादले आईपीएल इतिहासमा सर्वाधिक २७७ रन बनाएर ३१ रनले जित्यो।

सो प्रदर्शन पश्चात मुम्बईको टोली दुई हिस्सामा विभाजित भएको बताइएको छ। एक रिपोर्टका अनुसार यो हारपछि मुम्बईको टोली दुई क्याम्पमा विभाजित भएको छ । एउटा क्याम्प कप्तान हार्दिकको पक्षमा छ भने अर्को क्याम्प पूर्व कप्तान रोहित शर्माको पक्षमा छ ।

रिपोर्टका अनुसार मुम्बई इन्डियन्सका पूर्व कप्तान रोहित शर्मा बाहेक अन्य धेरै खेलाडी पनि हार्दिक पाण्ड्याको निर्णयबाट निराश छन्। यहारपछि ड्रेसिङ रुम दुई क्याम्पमा विभाजित भएको भारतीय मिडियाहरुले दावी गरेका छन्।

एक पक्ष हार्दिकको विरुद्धमा छ र रोहितलाई फेरि कप्तानको रूपमा हेर्न चाहन्छ। रोहितको पक्षमा इशान किशन, जसप्रित बुमराह र सूर्यकुमार यादव जस्ता अनुभवी खेलाडी रहेको बताइएको छ।

यी निर्णयहरू राम्रो भएनन्:
१ बुमराहलाई ढिलो बलिङ गराउनु;
-हार्दिकले चौथो ओभरमा फास्ट बलर जसप्रित बुमराहलाई बलिङ गर्न ल्याए र इनिङ्सको दोस्रो ओभर आफैंले बलिङ गरे। बुमराहले पहिलो ओभरमा मात्र पाँच रन दिए तर उनलाई बलिङबाट हटाए र १३ औं ओभरमा फेरि बलिङ गर्न दिए।

२ कम्जोर ब्याटिङ :
– एक समय मुम्बईले लक्ष्य हासिल गर्ने देखिएको थियो। तर उनले र टिम डेभिडले १९ बलसम्म कुनै बाउन्ड्री प्रहार गरेनन् । हार्दिकले २० बलमा एक चौका र एक छक्का प्रहार गर्दै २४ रन बनाए । मुम्बईबाट कप्तान हार्दिकको स्ट्राइक रेट सबैभन्दा खराब थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *