June 22, 2024

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं सिजनको १०औं खेल रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र कोलकाता नाइट राइडर्स (केकेआर) बीच हुँदैछ ।

बैंगलोरको एम. चिन्नास्वामी स्टेडियममा हुने यो खेलमा आरसीबीका पूर्व कप्तान विराट कोहलीसँग ठूलो कीर्तिमान बनाउने मौका हुनेछ । कोहली आज एकै फ्रेन्चाइजीका लागि सबै भन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बन्न सक्नेछन्।

यदि कोहली केकेआर विरुद्धको खेलमा तीन छक्का प्रहार गर्न सफल भए भने उनी आईपीएलमा कुनै एक फ्रेन्चाइजीका लागि सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान बन्नेछन् ।

यस मामिलामा उनले दिग्गज ब्याट्सम्यान एबी डिभिलियर्स र क्रिस गेललाई पछाडि छोड्नेछन्। गेलले आरसीबीबाट खेल्दा ८५ खेलमा २३९ छक्का प्रहार गरेका छन् ।

यो सूचीमा दोस्रो नाम डिभिलियर्सको छ । दक्षिण अफ्रिकाका यी विस्फोटक ब्याट्सम्यानले आरसीबीका लागि १५६ खेल खेलेका छन् र यस अवधिमा उनले २३८ छक्का प्रहार गरेका छन् ।

यो सूचीमा कोहली तेस्रो नम्बरमा छन् । कोहलीले आरसीबीका लागि अहिलेसम्म २३९ खेल खेलेका छन् र आफ्नो ब्याटबाट उनले २३७ छक्का प्रहार गरेका छन् ।

यसको मतलब, यदि तीन छक्का प्रहार गर्ने हो भने उनले गेल र डिभिलियर्सलाई पछि पार्नेछन् र कुनै पनि टोलीका लागि सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बन्नेछन्।

आईपीएल इतिहासमा यस प्रतियोगितामा कुनै एक टोलीका लागि २०० भन्दा बढी छक्का प्रहार गर्ने ६ खेलाडी मात्र छन् । यो सूचीमा गेल, डिभिलियर्स, कोहली, किरोन पोलार्ड, रोहित शर्मा र महेन्द्र सिंह धोनी मात्र परेका छन् ।

योसँगै कोहलीसँग अर्को इतिहास रच्ने मौका हुनेछ । यदि कोहली गेललाई पछाडि छोड्न सफल भए भने उनी एक टोलीबाट खेल्दा २४० छक्का प्रहार गर्ने विश्वका एकमात्र ब्याट्सम्यान हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *