June 16, 2024

काठमाडौँ – आयरल्यान्ड वल्भ्सले विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले हारे बेहोरेको छ। विशाल लक्ष्य पछ्याएको नेपाल जित नजिक पुगेर पाजित भएको हो ।

पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो। २ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २ सय १ रन भन्दा बनाउन सकेन। नेपाल २१ रनले पराजित भयो ।

नेपाल १९ दशमलभ ३ ओभरमा अलआउट हुन पुगेको थियो। नेपालका लागि ओपनर लोकेश बमले आक्रामक शतकीय इनिङ खेले। उनले कुल ५६ बलको सामना गर्दा ९ चौका र ८ छक्का प्रहार गर्दै १ सय ६ रन जोडे।

त्यस्तै नेपालका आरिफ शेखले पनि आक्रमण ब्याटिङ गरे। उनी अर्धशतक बनाउन एक रनले चुके। उनले २६ बलमा ४९ रन जोडे। उनले १ चौका र ५ छक्का प्रहार गरेका थिए।

आयरल्यान्डका लागि पिटर मोरले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४९ रनको योगदान गरे। त्यस्तै कप्तान नील रकले र काडे कारमाइकलले समान ३८/३८ रन बनाए।

स्टेफन डोहिनीले ३४ गारेथ डेलानीले अविजित ३० र गाभिन होयले अविजित १८ रन बनाए। नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीले तीन विकेट लिए भने सागर ढकाल र आरिफ शेखले समान एक विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *