June 25, 2024

रोयल च्यालेन्जर्स बैंगलोरका स्टार ब्याट्सम्यान विराट कोहलीले आईपीएल २०२४ मा कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा ५९ बलमा ८३ रनको बलियो इनिङ खेलेका थिए। जारी सिजनमा उनको यो लगातार दोस्रो अर्धशतक हो।

तर, उनको विस्फोटक इनिङ्सका बाबजुद रोयल च्यालेन्जर्स बैंग्लोरले सात विकेटले हार बेहोरेको थियो । खेल सकिएपछि विराट कोहलीले कोलकाताका स्टार ब्याट्सम्यान रिंकु सिंहलाई विशेष उपहार दिएका छन् ।

आईपीएलमा सर्वाधिक रन बनाउने विराट कोहलीले खेलपछि रिंकु सिंहलाई ब्याट उपहार दिएका छन्, जसको तस्विर कोलकाता नाइट राइडर्सले आफ्नो सामाजिक सञ्जालमा शेयर गरेको छ ।

रिंकु सिंहले पनि ब्याट उपहार दिएकोमा विराट कोहलीलाई धन्यवाद दिएका  छन्। रिंकु सिंहले आफ्नो इन्स्टाग्राममा विराटसँगको तस्विर शेयर गर्दै लेखेका छन्, ‘ब्याट र सल्लाहका लागि धन्यवाद भाइ।’

आईपीएल २०२४ मा विराट कोहली उत्कृष्ट फर्ममा छन् । उनले पञ्जाब किंग्सविरुद्ध ७७ रनको खेल जित्ने इनिङ खेलेका थिए भने कोलकाता नाइट राइडर्सविरुद्ध ८३ रन बनाएका थिए। विराट कोहली आईपीएल २०२४ मा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् । उनले तीन इनिङ्समा १८१ रन बनाएर ओरेन्ज क्याप जितेका छन् ।

आरसीबीले दिएको १८३ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले वेंकटेश (५० रन, ३० बल) र नरेन (४७ रन, २२ बल) को तुफानी इनिङ्सका कारण १९ बल बाँकी रहँदा तीन विकेटमा १८६ रन बनाएर सहज जित दर्ता गरायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *