June 17, 2024

एजेन्सी – इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार भएकोपुन्जना खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ। शनिबार लखनऊले पञ्जाब किंग विरुद्ध २१ रनको जित दर्ता गरेको हो।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९९ रन जोडेको थियो। ओपनर क्वीन्टन डीककले ३८ बलमा सर्वाधिक ५४ रन जोडे । यस्तै क्रुनल पण्ड्याले ४३ तथा आज कप्तानी गरेका निकोलस पुरनले ४२ रन बनाए ।

पञ्जाबका स्याम करनले ३ अर्ष्दिप सिंहले २ तथा कागिशो रबाडा र राहुल चहरले १-१ विकेट लिए। जवाफी ब्याटिङ गर्न उत्रिएको पञ्जाबले १ सय ७८ रन भन्दा बनाउन सकेन।

पञ्जाबका लागि शिखर धवनले ५० बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ७० रन बनाए। ओपनर जोनी बेयरस्टोले २९ बल खेल्दै ४२ रन जोडे । यस्तै लियम लिभिङस्टोनले १७ बलमा २८ रन बनाए।

यी बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन खासै राम्रो हुन सकेन। लखनऊका लागि डेब्यू गरिरहेका मयंक यादवले उत्कृष्ट बलिङ गरे। उनले ३ विकेट लिएका थिए।

१५५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा बलिङ गर्दै यादवले पञ्जाबका महत्त्वपूर्ण तीन विकेट हात पारे। ४ ओभर बलिङ गर्दा उनले मात्र २७ रन खर्चेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *