June 16, 2024

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि)का भेट्रान ब्याट्सम्यान विराट कोहलीले इन्डियन प्रिमियर लिग(आइपिएल)को जारी सिजनको सर्वाधिक रन बनाउने खेलाडी बन्ने दौडमा देखिएका छन्।

आइपिएलको सुरुवाती खेलहरुमा राम्रो प्रदर्शन गरिरहेका कोहली इन्डियन प्रिमियर लिग(आइपिएल)को जारी सिजनको सर्वाधिक रन बनाउने खेलाडी बन्ने दौडमा देखिएका हुन्।

कोहलीले आइपिएलको जारी सिजनमा १ सय ८१ रन जोडिसकेका छन्। उनले पहिलो खेलमा चेन्नाई सुपर किङ्स विरुद्ध २१ रन मात्र जोडेका थिए। तर त्यसपछि पनि उनले ब्याट टु ब्याक अर्धशतक प्रहार गरेका छन्।

आइपिएलको जारी सिजनको दोस्रो खेलमा कोहलीले पन्जाब किङ्स विरुद्ध ७७ रन बनाएका थिए। उनले ४९ बलमा ११ चौका र २ छक्का प्रहार गरेका थिए।

त्यस्तै तेस्रो खेलमा कोहलीले कोलकाता नाइट राडर्स विरुद्ध ८३ रन बनाएका थिए। उनले त्यस खेलमा ५९ बलको सामना गरेका थिए। जसमा उनले चार चौका प्रहार गर्दा ४ छक्का प्रहार गरेका थिए।

सर्वाधिक रन बनाउने मामलामा कोहलीलाई हैदराबादका हेनरिक क्लासेनले पछ्याइरहेका छन्। उनले २ खेलमा १ सय ४३ रन जोडिसकेका छन्। पन्जाबका शिखर धवन यस सिजन सबै भन्दा बढी रन बनाउने खेलाडीको सूचीको तेस्रो स्थानमा छन्। उनले अहिले सम्म ३ खेलमा १ सय ३७ रन जोडेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *