June 25, 2024

एजेन्सी – अर्का एक स्टार खेलाडी इन्डियन प्रिमियर लिग २०२४ बाट बाहिरिएका छन् । श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले अब सनराइजर्स हैदरावादबाट अब यस सिजन कुनै पनि खेल खेल्न पाउने छैनन् ।

बलर यस सिजन आफ्नो फ्रान्चाइजीसँग जोडिएका थिएनन्। गत सिजन रोयल च्यालेन्जर्स बैंग्लोरको हिस्सा रहेका हसरंगालाई सनराइजर्स हैदरावादले १ करोड ५० लाखमा मिनी अक्सनमा समावेश गरेको थियो ।

सनराइजर्सले यो सिजन अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरेको छ र उनीहरुका ब्याट्सम्यानले धेरै रन बनाएका छन् । पहिलो खेलमा हैदरावादले अन्तिम बलमा हार बेहोरेको थियो भने दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई सजिलै पराजित गर्दै सिजनको पहिलो जित हात पारेको थियो ।

IPL 2024 का लागि सनराइजर्स हैदरावादको सम्पूर्ण टोली

ट्राभिस हेड, मयंक अग्रवाल, अभिषेक शर्मा, एडेन मार्कराम, हेनरिक क्लासेन (विकेटकीपर), अब्दुल समद, शाहबाज अहमद, प्याट कमिन्स(कप्तान), भुवनेश्वर कुमार, मयंक मार्कंडे, जयदेव उनादकट, नितिश रेड्डी,

वाशिंगटन सुन्दर, उमरान मलिक, ग्लेन फिलिप्स , उपेन्द्र यादव, राहुल त्रिपाठी, टी नटराजन, अनमोलप्रीत सिंह, झटवेध सुब्रमण्यम, सनवीर सिंह, फजलहक फारुकी, मार्को जोन्सन र आकाश महाराज सिंह।

Leave a Reply

Your email address will not be published. Required fields are marked *