June 17, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोली निरन्तर टी-२० विश्वकपको तयारीमा छ। सन् २०२४ जुनबाट सुरु हुने विश्वकपका लागि छनोट भएयता नेपालले तयारी स्वरूप विभिन्न सिरिजहरु खेलिसकेको छ।

नेपाल अहिले एसीसी प्रिमियर कप र विश्वकपको तयारीका लागि भारतमा छ। भारतमा नेपालले भारतका दुई स्टेट क्रिकेट टोलीसँग सिरिज खेलिरहेको छ।

सिरिजमा बरोडा र गुजरात क्रिकेट संघको टोलीको सहभागीता छ। नेपाल, बरोडा र गुजरात बीचको त्रिकोणात्मक टि२० प्रतियोगिता सिरिज मार्च ३१ देखि अप्रिल ७ सम्म चल्नेछ।

पहिलो खेल नेपालले शनिबार गुजरातको सामना गरेको थियो। सो खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो। गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर १५ दशमलभ २ ओभरमा पूरा गरेको थियो।

आज पनि नेपाल जित निकाल्ने योजनामा हुनेछ। नेपालले आज बरोडाको सामना गर्ने। त्यस्तै अप्रिल ३ मा नेपालले पुनः गुजरातको सामना गर्नेछ। नेपाल र बरोडा बीचको दोस्रो खेल अप्रिल ५ मा हुनेछ। त्यस्तै सिरिजको फाइनल अप्रिल ७ मा हुने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *