June 14, 2024

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं सिजनको १५औं खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) पराजित भएको छ । बैंगलुरु  लखनउ सुपर जाइन्ट्स (एलएसजी) सँग मंगलबार राति पराजित भएको हो ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा लखनउ सुपर जाइन्ट्सले तेज बलर मयंक यादवको विनाशकारी बलिङको मद्दतले रोयल च्यालेन्जर्स बैंगलोरलाई २८ रनले पराजित गर्यो ।

पहिले ब्याटिङ गर्दै लखनउ सुपर जाइन्ट्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १८२ रनको लक्ष्य दिएको थियो । जसको जवाफमा आरसीबी १९ दशमलव ३ ओभरमा १५३ रनमा अल आउट भयो ।

आरसीबीका लागि इम्प्याक्ट खेलाडी महिपाल लोमररले उत्कृष्ट ब्याटिङ गर्दै १३ बलमा ३३ रन बनाए । यस क्रममा उनले तीन छक्का र तीन चौका प्रहार गरे । उनीहरु बाहेक रजत पाटीदारले २१ बलमा २९ रन र विराट कोहलीले १६ बलमा २२ रनको योगदान दिए ।

लखनउ सुपर जायन्ट्सका लागि मयंक यादवले चार ओभरमा १४ रन दिएर तीन विकेट लिए । उनी बाहेक नवीन उल हकले २, मार्कस स्टोइनिस, यश ठाकुर, रवि बिश्नोई र एम सिद्धार्थले एक एक विकेट लिए । आरसीबीको यो लगातार दोस्रो हार हो। LSG को लगातार दोस्रो जित।

यसअघि लखनउले २० ओभरमा पाँच विकेट गुमाएर १८१ रन बनाएको थियो । टोलीका उपकप्तान निकोलस पुरनले २१ बलमा एक चौका र पाँच छक्का प्रहार गर्दै ४० रनको इनिङ खेले ।

लखनउले अन्तिम ५ ओभरमा दुई विकेट गुमाएर ५० रन बनाएको थियो । जसमा १९ औं ओभरमा २० रन र २० औं ओभरमा १३ रन समावेश छन्। पुरनका अलावा डी ककले ८१ रनको इनिङ खेले । बैंगलोरका लागि म्याक्सवेलले दुई विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *