June 25, 2024

एजेन्सी – केएल राहुलको कप्तानीमा रहेको लखनऊ सुपर जायन्ट्स (एलएसजी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरेको छ।

तीन खेलमा दुई खेल जितेर चार अंक जोडेको टोली अंक तालिकाको चौथो स्थानमा छ । यसैबीच टोलीलाई ठूलो धक्का लागेको छ । तीब्र गतिका बलर शिवम मावी चोटका कारण आईपीएलबाट बाहिर भएका छन् । उच्च गतिमा बल फाल्ने मावीले यो सिजन एउटा पनि खेल खेलेका छैनन् ।

यी फास्ट बलरलाई लखनउले मिनी अक्सनमा ६.४ करोडमा किनेको थियो। शिवम मावीको बारेमा आधिकारिक बयान दिँदै लखनऊले खेलाडी आईपिएल २०२४ बाट आउट भएको जानकारी दिएको छ।

“दुर्भाग्यवश, शिवम मावी चोटका कारण आईपीएल २०२४ बाट बाहिर भएका छन्। शिवम मावी हाम्रो टोलीको एक महत्त्वपूर्ण हिस्सा थिए। त्यसैले शिवमसँगै, हामी पनि दुःखी छौं कि यो सिजन उनका लागि छिट्टै सकियो।”,लखनऊले आधिकारिक रुपमा भनेको छ।

फ्रान्चाइजीले इन्स्टाग्राममा शिवम मावीको भिडियो पोस्ट गरेको छ । भिडियोमा माविले भनेका छन्,”म प्रतियोगितालाई धेरै मिस गर्नेछु । चोटपछि यहाँ आएर मेरो टोलीका लागि खेल खेलेर राम्रो प्रदर्शन गर्छु भन्ने सोचेको थिएँ । तर, दुर्भाग्यवश चोटका कारण मैले प्रतियोगिता छाड्नु परेको छ ।”

माविको आईपीएल करियरको कुरा गर्दा उनले अहिलेसम्म खेलेका ३२ खेलमा ३१.४ को औसतमा ३० विकेट लिएका छन् । आईपीएलमा मावीको इकोनोमी रेट ८.७१ रहेको छ ।

यसअघि मावी गुजरात टाइटन्स (GT) र कोलकाता नाइट राइडर्स (KKR) को हिस्सा भइसकेका छन्। मावीले भारतका लागि ६ टी–२० खेल खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *