June 22, 2024

काठमाडौँ – एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको अन्तिम खेलमा नेपालका सन्दीप जोराले सानदार अर्धशतक पूरा गरेका छन्। बरोडाले दिएको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याउने क्रममा जोराले अर्धशतक पूरा गरेका हुन्।

कुनै बेला समस्यामा परेको नेपाललाई खेलमा फर्काउने क्रममा जोराले महत्वपूर्ण अर्धशतक पूरा गरे। बरोडा विरुद्ध अर्धशतक पूरा गर्न जोराले कुल ४० बलको सामना गरे।

उनले ४ छक्का प्रहार गर्दा २ चौका प्रहार गरे। जोराले सामना गरेका ४० बल मध्ये १८ डट थिए। उनले १३ बलमा एक-एक रन जोड्दा। ३ पटक दुई दुई रन जोडे।

सन्दीप ४३ बलमा ४६ रन बनाएर आउट भए। टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनायो।

बरोडाका लागि शाश्वत रावतले २७ बल खेल्दै सर्वाधिक ३१ रन बनाए । ध्रुव पटेलले १४ बलमा २ चौका र २ छक्का सहित विष्फोटक इनिङ खेल्दै २९ रन बनाए।

नेपालका लागि करन केसी र गुलशन झाले समान २-२ विकेट लिए भने आकाश चन्द, प्रतिश जिसी, ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *