June 16, 2024

काठमाडौं – एसएमएस फ्रेन्डशिप कपको उपाधिका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार गुजरातको सामना गदैछ। एसएमएस फ्रेन्डशिप कपको फाइनलमा नेपाल र गुजरात आमने-सामने हुन लागेका हुन्।

एसएमएस फ्रेन्डशिप कपमा नेपालले चार मध्ये तीन खेलमा जित निकाल्दा एक खेलमा हार बेहोरेको छ। नेपालले पहिलो खेलमा गत शनिबार गुजरातको सामना गरेको थियो।

सो खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो। गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा विकेट गुमाएर भेट्टाएको थियो। त्यसपछि नेपालले सोमबार बरोडाको सामना गरेको थियो।

जसमा नेपाल ७ रनले विजयी भएको थियो। मंगलबार नेपालले फेरी गुजरातको सामना गरेको थियो। सो खेलमा नेपाल ८ रनले विजयी भएको थियो। त्यस्तै बरोडा विरुद्धको अर्को खेलमा भने नेपाल पराजित हुन पुग्यो।

शुक्रबार भएको खेलमा नेपाल जित विहिन बरोडा विरुद्ध ३७ रनले पराजित भएको थियो। बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ११९ रनमा समेटियो।

आइतबार नेपाल गुजरात माथि जितको ह्याट्रिक गर्दै उपाधि जित्ने योजनामा हुनेछ भने गुजरात नेपाल माथि पहिलो जित निकाल्ने पक्षमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *