June 22, 2024

एजेन्सी – जारी संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा पाँच पटकको विजेता मुम्बई इण्डियन्सले पहिलो जित दर्ता गरेको छ। आईपिएलको नयाँ सिजनका तीन खेलमा लगातार हार बेहोरेपछि मुम्बईले आइतबार पहिलो जित दर्ता गरेको हो।

चौथो खेलमा पहिलो जित दर्ता गर्ने क्रममा मुम्बईले दिल्ली क्यापिटल्स विरुद्ध २९ रनको जित हात पार्यो। मुम्बईले दिएको २३५ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रन भन्दा बनाउन सकेन।

दिल्ली विरुद्ध जित दर्ता गरेसंगै मुम्बईले एक दुर्लभ रेकर्ड पनि बनायो। मुम्बई इन्डियन्सले समग्र टी–२० क्रिकेटमा विश्व कीर्तिमान बनाएको छ । मुम्बई इन्डियन्स टी–२० क्रिकेटमा यस्तो सफलता हाँसिल गर्ने विश्वको पहिलो टोली बनेको छ।

मुम्बई इन्डियन्स बाहेक विश्वको कुनै पनि टिमले टी–२० क्रिकेटमा १५० खेल जित्ने विश्व कीर्तिमान बनाउन सकेका छैनन्। यस सूचीमा चेन्नई सुपर किंग्सको टोली दोस्रो स्थानमा रहेको छ।

चेन्नई सुपर किंग्सले टी२० क्रिकेटमा १ सय ४५ खेल जितेको छ। अब दुई जित पछि चेन्नई पनि १ सय ५० खेल जित्ने दोस्रो टोली बन्नेछ। यस मामलामा टीम इन्डिया तेस्रो स्थानमा छ । भारतले अहिले सम्म १ सय ४४ खेल जितेको छ ।

वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३५ रन बनाएको थियो। कप्तान रोहित शर्माले २७ बलमा सर्वाधिक ४९ रन बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *