June 14, 2024

काठमाडौँ – यहि शुक्रबारबाट ओमानमा एसीसी प्रिमियर कप सुरु हुँदैछ। एसीसी प्रिमियर कपमा नेपाल पनि सहभागी हुँदैछ। नेपालले पहिलो खेलको रुपमा मलेसियाको सामना गर्नेछ।

अल अमेरात क्रिकेट ग्राउन्डमा हुने खेल नेपाली समय अनुसार अपरान्ह ४ बजेर १५ मिनेटमा सुरु हुनेछ। शुक्रबार नेपाल पहिलो खेलमै जित निकालेर प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ।

सन् २०२४ मा हुने टी-२० विश्वकपका लागि छनोट भइसकेको नेपाल एसिया कपमा ब्याक टु ब्याक छनोट हुने योजना सहित एसीसी प्रिमियर कपमा सहभागी हुनेछ।

एसीसी प्रिमियर कपमा १० देशले प्रतिनिधित्व गर्दै छन्। आईसीसी टी-ट्वान्टी वरियतामा टेस्ट राष्ट्र वाहेक एसियाका शीर्ष ८ देश र एसीसी मेन्स च्यालेन्जर्स कपबाट छनोट भएर आएका शीर्ष दुई गरी १० टोलीले प्रिमियर कप खेल्ने भएका हुन्।

एसीसी मेन्स च्यालेन्जर्स कपबाट साउदी अरेबिया र कम्बोडिया प्रिमियर कपका लागि छनोट भएका छन्। त्यसबाहेक नेपाल, हङकङ, मलेसिया, कतार, ओमान, युएई, कुवेत र बहराइन पनि प्रिमियर कपमा सहभागी हुनेछन्।

नेपाल समूह ‘ए’मा छ। सो समूहमा नेपाल बाहेक हङकङ, मलेसिया, साउदी अरेबिया र कतार छन्। त्यस्तै अर्को समूहमा ओमान, युएई, कुवेत, कम्बोडिया र बहराइन छन्।

नेपालको क्रिकेट टोली
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहोरा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *