June 17, 2024

काठमाडौँ – शुक्रबारबाट नेपाली राष्ट्रिय क्रिकेट टोली केहि दिनका लागि व्यस्त हँदैछ। नेपालले ओमानमा एसीसी प्रिमियर कप अन्तर्गतका खेलहरु खेल्नेछ।

नेपाल ओमानमा हुने एसीसी प्रिमियर कपमा सहभागी हुन यस अगाडी नै ओमान पुगिसकेको छ। नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलको रुपमा शुक्रबार मलेसियाको सामना गर्नेछ।

नेपालको समूहमा मलेसिया वाहेक हङकङ, साउदी अरेबिया र कतार छन्। समूहमा रहेका सबै टोली नेपाल भन्दा केहि कम्जोर छन्। तर पक्कै पनि सबै टोलीले नेपाललाई कडा टक्कर दिन सक्छन्।

नेपालले पहिलो खेलमा मलेसियाको सामना गर्नेछ। खेल चैत ३० गते शुक्रबार नेपाली समय अनुसार अपरान्ह ४ बजेर १५ मिनेटमा सुरु हुनेछ। त्यस्तै दोस्रो खेलमा नेपालले कतारको सामना गर्नेछ। कतार विरुद्धको खेल वैशाख १ गते शनिबार हुनेछ। कतार विरुद्धको खेल पनि अपरान्ह ४ बजेर १५ मिनेटमा सुरु हुनेछ।

तेस्रो खेलको रुपमा नेपालले हङकङको सामना गर्नेछ। नेपाल र हङकङ बीचको खेल वैशाख ३ गते सोमबार ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ। त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरेबियाको सामना गर्नेछ। सो खेल वैशाख ५ गते बुधबार ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

टी-२० विश्वकपका लागि छनोट भएको टोलीको रुपमा पक्कै पनि नेपाल अपराजित रहँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने योजनामा हुनेछ। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।

प्रतियोगिता जित्ने टोली एसिया कपका लागि छनोट हुनेछ। समूहको विजेता वा उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेर फाइनल पुगी फाईनल जितेको खण्डमा नेपालले ब्याक टु ब्याक एसिया कप खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *