June 25, 2024

काठमाडौँ – नेपाली क्रिकेट टोलीले आज एसीसी प्रिमियर कप अन्तर्गतको पहिलो खेल खेल्दैछ। एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालको सामना मलेसियासंग हुनेछ।

ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाली समय अनुसार दिउँसो ४:१५ बजे खेल सुरु हुनेछ। नेपाल पहिलो खेलमै जित निकाल्ने योजनामा हुनेछ।

एसीसी प्रिमियर कपका लागि ओमान प्रस्थान गर्नु अगाडी नेपाली क्रिकेट टोलीले भारतमा प्रशिक्षण गरेको थियो। प्रशिक्षणको रुपमा नेपालले त्यहाँ भारतीय दुई स्टेट क्रिकेट टोलीसंग टी-२० सिरिज खेलेको थियो।

नेपालले सो सिरिजमा खेलेका ५ खेल मद्ये ४ खेलमा जित निकालेको थियो भने एक खेलमा हार बेहोरेको थियो। भारतमा नेपालले बरोडा र गुजरात सहभागी सिरिजको उपाधि जितेको थियो।

नेपाली क्रिकेट टोली बिहिबार बिहान मात्रै ओमान पुगेको हो। बिहिबार मात्र ओमान पुगेका कारण नेपालले बिहिबार प्रशिक्षण गरेन। शुक्रबार सामान्य प्रशिक्षण मै नेपाल मलेसिया विरुद्ध एक्सनमा उत्रनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *