June 16, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले जित सहित एसिसि प्रिमियर कप २०२४ को सुखद सुरुवात गरेको छ। नेपालले एसिसि प्रिमियर कप २०२४ को पहिलो खेलमा मलेसियालाई पराजित गरेको हो।

मलेसियाले दिएको १४४ रनको मध्यम लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ३२ रनको योगदान दिए।

त्यस्तै कप्तान रोहित पौडेलले २८ रन बनाए। कुशल भुर्तेल आठौ ओभरमा २४ बलमा २४ रन नै बनाएर आउट भएका थिए। दीपेन्द्र सिंह ऐरीले नेपालका लागि २० रनको योगदान दिए।

अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। मलेसियाका लागि कप्तान भिरनदिप सिंहले ५५ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६८ रन बनाए। उनी नटआउट थिए।

दीपेन्द्र बने खेलको मेन हिरो

मलेसिया विरुद्ध नेपालले विकेटको जित निकाल्दा नेपालक दीपेन्द्र सिंह ऐरी प्लेयर अफ द म्याच घोषित भए। उनले मलेसिया विरुद्ध महत्वपूर्ण दुई विकेट लिएका थिए।

कुल ओभर बलिङ गर्दा ऐरीले मात्र रन खर्चेका थिए। त्यस्तै उनले ११ बलको सामना गर्दा २ चौका र १ छक्का सहित २० रन जोडेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *