June 25, 2024

काठमाडौँ – नेपाली क्रिकेट टोलीका ओपनर आसिफ शेखले महत्वपूर्ण कोशेढुंगा पार गरेका छन्। एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा शेखले महत्वपूर्ण कोशेढुंगा पारे गरेका हुन्।

एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा हङकङ विरुद्ध ओपनिङ गर्नेक्रममा शेखले महत्वपूर्ण योगदान दिए। उनले नेपालका लागि सर्वाधिक ४० रन बनाए।

कुल १८ बलको सामना गर्दा उनले ३ चौका र ३ छक्का प्रहार गरेका थिए। हङकङ विरुद्ध ४० रन बनाएसंगै टी-२० क्रिकेटमा शेखले हजार रन कटाएका छन्।

टी-२० मा शेखको १ हजार ८ रन पुगेको छ। शेख नेपालका लागि टी-२० मा हजार रन पूरा गर्ने नेपालका चौंथो खेलाडी बनेका छन्। केहि दिन अगाडी मात्र कप्तान रोहित पौडेलले एक हजार रन पूरा गरेका थिए।

रोहितले अहिल सम्म टी-२० मा १ हजार ६६ रन पूरा गरेका छन्। त्यस्तै कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले पनि टी-२० मा हजार रन पूरा गरिसकेका छन्।

कुशलले अहिले सम्म १ हजार ८१ रन बनेका छन्। त्यस्तै ऐरीले अहिले सम्म १ हजार ५ सय ६० रन बनाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *