June 22, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका डेथओभर विशेषज्ञ बलर अभिनाश बोहोरा एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा नेपालले जित निकाल्दा मेन हिरो बनेका छन्।

एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा नेपालले हङकङ विरुद्ध सानदार जित दर्ता गर्दा बलिङमा राम्रो प्रदर्शन गरेका अभिनाश बोहोरा खेलको उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

डेथओभर विशेषज्ञ बलर अभिनाश बोहोराले हङकङ विरुद्ध धेरै राम्रो प्रदर्शन गरेका थिए। उनले हङकङलाई सस्तैमा समेट्न महत्वपूर्ण भूमिका निभाएका थिए।

वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको खेलमा नेपालका अभिनाश बोहोराले ३ विकेट लिएका थिए। उनले कुल चार ओभर बलिङ गर्दा २९ रन खर्चेका थिए। महत्वपूर्ण तीन विकेट लिएका उनी खेलको प्लेयर अफ द म्याच घोषित भए।

नेपाली राष्ट्रिय क्रिकेट टोली एक खेल बाँकी छँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। लगातार तीन खेलमा जित निकालेसंगै नेपाल एक खेल बाँकी छँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको हो।

सोमबार नेपालले एसीसी प्रिमियर कपको तेस्रो खेलमा हङकङलाई सहजै पराजित गर्यो। अल अमेरत मैदानमा जितका लागि १ सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाउँदै १३ औं ओभरमा लक्ष्य पूरा गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *