June 16, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानमा जारी एसीसी प्रिमियर कपको समूह विजेता बन्ने पक्का भएको छ। ओमानमा जारी एसीसी प्रिमियर कपको समूह चरणका तीन खेल मध्ये तीन नै खेलमा जित निकालेको नेपाल समूह विजेता बन्ने पक्का भएको हो।

मंगलबार समूह ‘ए’ अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई पराजित गर्यो। कतारले साउदी अरब माथि १५ रनको जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भयो।

अल अमेरातमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनायो। १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा साउदी अरबले २० ओभरमा ८ विकेटको क्षतिमा १३८ मात्र बनायो।

साउदी अरेबिया माथि कतारको जितले नेपाललाई फाइदा हुने भयो। फलस्वरूप अब समूह चरणको अन्तिम खेलमा पराजित भएपनि नेपाललाई फरक पर्ने छैन।

अन्तिम खेलमा जित निकाले त नेपाल समूह विजेता बन्ने नै भयो, पराजित भएपनि नेपाल समूह विजेता बन्ने पक्का छ। समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा रहेको छ।

नेपाल ३ खेलमा ६ अंक सहित शीर्ष स्थानमा छ भने एक खेल खेल्न बाँकी छँदै सेमिफाइनलमा पुगिसकेको छ। क्रमश: तेस्रो, चौथो र पुछारमा रहेका साउदी अरब, मलेसिया र हङकङसँग २-२ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *