June 22, 2024

काठमाडौँ – नेपाली राष्ट्र्रिय क्रिकेट टोलीले आज एसीसी प्रिमियर कपको अन्तिम समूह चरण खेल खेल्दैछ। ओमानमा जारी एसीसी प्रिमियर कपमा अपराजित नेपालले समूह चरणको अन्तिम खेल आज खेल्न लागेको हो।

नेपालले आज अन्तिम खेलमा साउदी अरेबियाको सामना गर्नेछ। नेपाल र साउदी अरेबिया बीचको खेल नेपाली समय अनुसार ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

जारी प्रतियोगितामा नेपाल अपराजित छ। नेपालले यस अगाडीका तीन मद्ये तीनै खेलमा जित निकालेको थियो। पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो।

त्यस्तै दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले हराएको थियो भने तेस्रो खेलमा नेपालले हङकङ माथि ८ विकेटको सहज र सानदार जित दर्ता गरेको थियो।

नेपाल समूहको शिर्ष स्थानमा छ। एक खेल खेल्न बाँकी छँदै नेपाल समूह विजेता समेत बनिसकेको छ। सेमिफाइनलमा स्थान बनाइसकेको नेपालका लागि आजको खेल औपचारिक मात्र हुनेछ।

उता साउदी भने समूहको तेस्रो स्थानमा छ। साउदीले तीन मध्ये एक खेलमा जित निकालेको छ भने दुई खेलमा पराजय भोगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *