June 22, 2024

काठमाडौँ – ओमनमा जारी एसिसि प्रिमियर कपको सेमिफाइनलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले युनाइटेड अरब इमिरेट्स(युएई)को सामना गर्ने भएको छ।

समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई पराजित गरेसंगै नेपालले युएईको सामना गर्ने पक्का भएको हो। बुधबार भएका खेलमा नेपाल हङकङ, ओमान र युएई विजयी भए।

समूह चरणका अन्तिम खेलहरुमा विजयी भएका चारै टोली समिफाइनलका लागि छनोट भए। बुधबार नेपालले साउदी अरेबियालाई पराजित गर्दा हङकङले मलेसियालाई पराजित गरेको थियो।

त्यस्तै युएईले कम्बोडियालाई पराजित गर्यो भने ओमानले कुवेतलाई पराजित गर्यो। कुनै पनि खेलमा पराजित नभएको नेपालले समूह चरणका ८ अंक बटुल्यो। जससंगै नेपाल समूह ‘ए’को विजेता बन्यो।

त्यस्तै समूह ‘ए’को उपविजेता हङकङ बन्यो। हङकङ र कतार दुवैको चार-चार अंक रहेपनि रनरेटको आधारमा हङकङ समूहको समूह उपविजेता बन्यो।

त्यस्तै समूह ‘बि’को कुरा गर्दा ओमान पनि अपराजित रहँदै समूह विजेता बन्यो। त्यस्तै युएईले चार खेल मध्ये ३ खेलमा जित र एक खेलमा हार सहित ६ अंक जोडेर समूह ‘बि’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनायो।

सेमिफाइनलमा खेलहरु शुक्रबार हुनेछन्। नेपालले युएईको सामना गर्दा घरेलु टोली ओमानले हङकङको सामना गर्नेछ। यसको अर्थ नेपालले सेमिफाइनलमा अकेही सहज प्रतिद्वन्दी पाएको छ। नेपाल जस्तै ओमान अपराजित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *