June 17, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउदी अरेबियालाई पराजित गर्दा त्यसको फाइदा हङकङलाई पुगेको छ। ओमनमा जारी एसीसी प्रिमियर कपमा बुधबार नेपालले साउदीलाई पराजित गरेसंगै त्यसको फाइदा हङकङलाई मिलेको हो।

साउदी अरब नेपाल सँग पराजित भएसँगै हङकङ समूह ए मा दोस्रो रहँदै ओमनमा जारी एसिसि प्रिमियर कपको अन्तिम चारमा प्रवेश गर्यो। समूह ए मा हङकङ कतारलाई नेट रनरेटमा पछि पार्दै समूह उपविजेता बन्दै सेमिफाइनलका लागि छनोट भएको हो।

आफ्नो अन्तिम खेलमा मलेसिया माथि ७ विकेटको जित निकालेपछि हङकङ साउदी र नेपाल बीचको अन्तिम खेल अगाडी दोस्रो स्थान ओगट्न सफल भएको थियो।

हङकङको ४ खेलमा ४ अंक सहित नेट रनरेट -०.१२८ रह्यो । कतारको ४ अंक नै भएपनि नेट रनरेट -०.४५३ रहेपछि तेस्रो स्थानमा रहँदै बाहिरियो।

साउदीले नेपाललाई पराजित गर्न सकेको भए हङकङ प्रतियोगिताबाट बाहिरिन सक्थ्यो। तर नेपालले साउदीलाई पराजित गर्दा त्यसको फाइदा हङकङलाई मिल्यो।

साउदीको नेट रनरेट राम्रो भएकाले नेपाल विरुद्ध जित नै सेमिफाइनलमा पुग्न पर्याप्त रहने थियो । तर नेपाल सँग ६ विकेटले पराजित भएपछि साउदी २ अंक मै सिमित भयो । मलेसिया २ अंक सहित पुछारमा रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *