June 25, 2024

काठमाडौँ – नेपाली क्रिकेट टोलीका युवा स्टार गुलशन झा एसिसि प्रिमियर कपको समूह चरणको अन्तिम खेलको मेन हिरो बनेका छन्। समूह चरणको अन्तिम खेलमा नेपालले जित निकाल्दा गुलशन खेलको मेन हिरो बनेका हुन्।

नेपालले साउदी अरेबिया माथि ६ विकेटको जित निकाल्दा गुलशनले महत्वपूर्ण भूमिका निभाएका थिए। गुलशनले नेपाललाई जित दिलाउन आक्रामक ब्याटिङ गरेका थिए।

पिच भिजेका कारण ८ ओभरमा घटाइएको खेलमा साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ७.१ ओभरमा ४ विकेट गुमाएर भेटायो। नेपालका लागि गुलशन झा १९ बलमा ३२ रन बनाएर अविजित रहे।

गुलशनले साउदी विरुद्ध २ चौका र २ छक्का प्रहार गरेका थिए। सो आक्रामक ३२ रन बनाएका कारण गुलशन नेपाल र साउदी अरेबिया बीचको खेलको प्लेयर अफ द म्याच घोषित भए।

खेलको उत्कृष्ट खेलाडीको रुपमा उनले प्लेयर अफ द म्याचको अवार्ड पाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *