June 16, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोली ओमनमा जारी एसिसि प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरिसकेको छ। सेमिफाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स(युएई)को सामना गर्नेछ।

समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई पराजित गरेसंगै नेपालले युएईको सामना गर्ने पक्का भएको हो। बुधबार भएका खेलमा नेपाल हङकङ, ओमान र युएई विजयी भएका थिए।

कुनै पनि खेलमा पराजित नभएको नेपालले समूह चरणका ८ अंक बटुल्यो। जससंगै नेपाल समूह ‘ए’को विजेता बन्यो। त्यस्तै समूह ‘ए’को उपविजेता हङकङ बन्यो।

हङकङ र कतार दुवैको चार-चार अंक रहेपनि रनरेटको आधारमा हङकङ समूहको समूह उपविजेता बन्यो। त्यस्तै समूह ‘बि’को कुरा गर्दा ओमान पनि अपराजित रहँदै समूह विजेता बन्यो।

त्यस्तै युएईले चार खेल मध्ये ३ खेलमा जित र एक खेलमा हार सहित ६ अंक जोडेर समूह ‘बि’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनायो। नेपालले अब फाइनल प्रवेश गर्नको लागि युएईको चुनौतीलाई पाखा लगाउनु पर्नेछ।

युएईको चुनौती पाखा लगाएको खण्डमा नेपालको सामना ओमना र हङकङ मध्ये एकसँग हुनेछ। प्रतियोगिता ओमानमा भइरहेको छ र ओमान अहिले धेरै राम्रो लयमा छ।

ओमानले घरेलु मैदानमा चार मध्ये चारै खेलमा जित निकालेको छ। यता नेपालले पनि चार मध्ये चारै खेलमा जित निकालेको थियो। धेरै हदसम्म फाइनलमा नेपाल र ओमानको भेट हुन सक्ने सम्भावना छ। फाइनल जित्ने टोलीले एसिया कप खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *