May 19, 2024

एजेन्सी – जिनेदिन जिदान कथित रूपमा बायर्न म्युनिखको अर्को प्रबन्धक बन्न तयार छन्। यो दावी स्पेनबाट प्रकाशित हुने केहि खेल मिडियाहरुले गरेका हुन्।

२०२१ मा रियल म्याड्रिडको प्रशिक्षकको रूपमा दोस्रो स्पेल सकाएपछि विश्व कप विजेता जिदान कामबाट बाहिर छन्। त्यसयता उनको नाम त्यसबेलादेखि प्रिमियर लिग र लिग १ क्लबहरुसँग जोडिएपनि उनले कुनै क्लबको जिम्मेवारी लिएका छैनन्।

जिदान केहि समय अगाडी फ्रान्सको राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने चर्चा थियो। तर विश्वकप पछि डिडियर डेसच्याम्प्स नै फ्रान्सको राष्ट्रिय टोलीको प्रशिक्षक बने।

यसको अर्थ अब जिदानले फ्रान्सको राष्ट्रिय टोलीको प्रशिक्षक बन्न केहि समय कुर्नु पर्ने भएको छ। यस्तोमा उनले कुनै न कुनै फुटबल टोलीको जिम्मेवारी लिन सक्छन्।

स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले जिदान बायर्न म्युनिखको प्रशिक्षक बन्न इच्छुक रहेको दावी गरेको छ। खबर अनुसार जिदान बायर्न आवद्ध हुने ढोकाको धेरै नजिक छन्।

बायर्नका वर्तमान प्रशिक्षक थोमस टुचेलले यस सिजनको अन्त्य पछि क्लब छाड्ने पक्का भैसकेको अवस्थामा जिदानको नाम बायर्नसँग जोडिएको छ। तर उनी बायर्न आवद्ध हुन्छ अथवा हुँदैनन् भन्ने कुरा भने समयले नै बताउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *