May 19, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा साउदी क्लब अल नासरले सानदार जित दर्ता गरेको छ। प्रतिबन्धका कारण रोनाल्डोले खेल्न नपाएपनि अल नासरलेस सानदार जित दर्ता गरेको हो।

घरेलु मैदानमा भएको खेलमा अल नासरले अल फेहालाई ३-१को गोल अन्तरले पराजित गर्यो। पोर्चुगिज स्टार क्रिस्टियानो नभएको खेलमा साडियो माने चम्किए।

अल नासरको जितमा मानेले दुई गोल गर्दा अब्दुलेह अल अम्रीले एक गोल गरे। त्यस्तै पाहुना टोली अल फेहाका लागि भने एक मात्र गोल फासियोन शाकालाले गरेका थिए।

खेलको छैठौं मिनेटमै पाहुना टोलीले अग्रता लिएको थियो। सो गोल फासियोन शाकालाले गोल गरेका थिए। त्यसपछि पहिलो हाफमा कुनै पनि टोलीबाट थप गोल भएनन्।

खेलको ७२ औं मिनेटमा अब्दुलेह अल अम्रीले गोल गरेपछि अल नासरले बराबरी गर्यो। खेलको ७६ औं मिनेटमा साडियो मानेले गोल गर्दै अल नासरलाई २-१ को अग्रता दिलाए।

खेलको ८२ औं मिनेटमा मानेले पुनः गोल गरे। जससंगै अल नासर ३-१ को अवस्थामा पुग्यो। यस जितसंगै अल नासरले अल हिलालसँगको अंक दूरी ९ अंकमा घटाएको छ।

अल नासरले २८ खेलमा २२ जित र ४ हार सहित ६८ अंक बनाएको छ। अल हिलाल भने २७ खेलमा २५ जित र २ बराबरी सहित ७७ अंक बनाएर शिर्ष स्थानमा छ। पराजित अल फेहा ३५ अंक सहित ११ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *