May 19, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शन संगै मेजर सकर लिगमा इन्टर मियामीले सानदार जित दर्ता गरेको छ। मियामीले आइतबार बिहान सानदार जित दर्ता गरेको हो।

मियामीको घरेलु मैदान चेज स्टेडियममा आइतबार बिहान भएको खेलमा मियामीले न्यासभिललाई ३-१ को गोल अन्तरले पराजति गर्यो। मियामीको तर्फबाट भएका तीन मध्ये तीनै गोलमा मेस्सीको भूमिका रह्यो। मेस्सीले दुई गोल गर्दा एक असिस्ट दिए।

खेलको सुरुवातमै आत्मघाती गोलबाट मियामी पछि परेको थियो। खेलको दोस्रो मिनेटमा मियामीका फ्रान्को नेग्रीले आत्मघाती गोल गर्न पुगेका थिए। खेलको ११ औं मिनेटमा मियामीले बराबरी गोल फर्कायो।

सो गोल लुइस सुआरेजको पासमा मेस्सीले गरेका थिए। खेलको ३९ औं मिनेटमा मियामीले अग्रता लियो। मेस्सीको पासमा सर्जियो बुस्केट्सले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए।

त्यस्तै खेलको ८१ औं मिनेटमा मियामीले पेनाल्टीको अवसर पाउँदा मेस्सी चुकेनन्। मेस्सीले पेनाल्टीमा गोल गरेपछि मियामीले ३-१ को अग्रता पाएको थियो।

यस जित पश्चात मियामीले शिर्ष स्थानमा अग्रता बढाएको छ। १० खेलमा ५ जित, २ हार र ३ बराबरी सहित मियामीले १८ अंक जोडेको छ। पराजित न्यासभिल भने ८ खेलमा एक जित सहित ७ अंक जोडेर १४ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *