May 19, 2024

एजेन्सी – स्पेनिस प्रशिक्षक जाभी हर्नान्डेज यति बेला बार्सिलोनामा आफ्नो अन्तिम सिजन बिताइरहेका छन्। उनले सिजन सकिनु भन्दा अगाडी नै सार्वजनिक रुपमा बार्सिलोना छाड्ने घोषणा गरिसकेका छन्।

बार्सिलोनालाई गत सिजन लालिगा च्याम्पियन बनाएपनि यस सिजन उनको नेतृत्वमा बार्सिलोनाले खासै राम्रो सफलता हाँसिल गर्न सकेन। फलस्वरूप जाभीले बार्सिलोना छाड्ने निर्णय गरे।

सन् २०२३-२४ को सिजन सकिनु अगाडी नै युरोपका केहि क्लबले जाभीलाई भित्र्याउने प्रयास सुरु गरिसकेका छन्। जसमा डच क्लब आयक्स समेत रहेको छ।

विभिन्न खेल मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने जाभीलाई आयक्सले आगामी सिजनका लागि भित्र्याउन चाहेको छ। जाभीले डच क्लबसँग कुनै वार्ता गरेका छैनन्, तर स्पोर्टले रिपोर्ट गरेको छ कि आयक्स जाभीलाई भित्र्याउन इच्छुक छ।

आयक्सले यस सिजन खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। आयक्स अहिले डच लिगको पाँचौ स्थानमा छ। उसले ३० खेल मध्ये मात्र १३ खेलमा जित निकालेको छ।

डच दिग्गजह हाल जोन भ्यान्ट शिप द्वारा व्यवस्थित छ, जोन सिजनको अन्त्य सम्म प्रशिक्षकको जिम्मेवारीमा रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *