May 18, 2024

एजेन्सी – मेजर सकर लिगको नयाँ सिजनको १० औं खेलमा इन्टर मियामीले आइतबार बिहान न्यासभिलको सामना गर्यो। उत्कृष्ट प्रदर्शन गर्दै मियामीले न्यासभिललाई ३-१ को गोल अन्तरले पराजित गर्यो।

मियामीको जितमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले सानदार प्रदर्शन गरे। खेलमा मियामीको तर्फबाट भएका तीन मध्ये तीनै खेलमा मेस्सीको भूमिका थियो।

मेस्सीले न्यासभिल विरुद्ध दुई गोल गर्दा एक असिस्ट दिए। यससंगै मेस्सीले मेजर सकर लिगका ६ खेल मध्ये ६ नै खेलमा गोल योगदान दिने खेलाडी बनेका छन्।

कुनै पनि खेलाडीले खेलेका हरेक ६ खेल मध्ये ६ नै खेलमा गोल योगदान दिएको यो सन् २०१६ पछिकै पहिलो पटक हो। यो सफलता सन् २०१६ मा रियल साल्ट लेकका जोआओ प्लाटाले हाँसिल गरेका थिए।

मेजर सकर लिगको नयाँ सिजन सुरु भएपछि मेस्सीले मियामीका लागि ६ खेल खेलेका छन्। जसमध्ये एक खेलमा उनी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका छन्।

उनले यी ६ खेल मध्ये ६ नै खेलमा कि गोल गरेका छन् नभए असिस्ट दिएका छन्। मेस्सीले यस सिजन मियामीका लागि ७ गोल गरेका छन् भने ३ असिस्ट प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *