May 19, 2024

एजेन्सी – ग्ल्याण्डका मिडफिल्डर जुड बेलिङ्घम स्पेनिस महारथी रियल म्याड्रिड आवद्ध भए देखि नै उच्च प्रदर्शन गरिरहेका छन्। उनले रियल आवद्ध भएको पहिलो सिजनमै २१ गोल गरिसकेका छन्।

बेलिङ्घमले सबै प्रतियोगितामा ३६ खेलमा २१ गोल गरेका हुन्। साथै उनले यस बीचमा १० असिस्ट पनि दिसकेका छन्। लालिगा मात्रको कुरा गर्ने हो भने उनको नाममा १७ गोल छ।

बेलिङ्घम रियलका लागि धेरै खेलहरुमा निर्णायक सावित भएका छन्। बेलिङ्घमले आइतबार राति एलक्लासिकोमा पनि उच्च प्रदर्शन गरे। बार्सिलोना विरुद्ध इन्ज्युरी समयमा गोल गर्दै उनले रियलको जित पक्का गरेका थिए।

उनले निर्धारित ९० मिनेट सकिएपछि थप भएको पहिलो मिनेटमै गोल गरेका थिए। बराबरीमा टुंगिन लागेको खेलमा गोल गर्दै बेलिङ्घमले रियललाई जिताए।

बेलिङ्घमले यस अगाडी लालिगा अन्तर्गतको पछिल्लो खेलमा पनि बार्सिलोना विरुद्ध सानदार प्रदर्शन गरेका थिए। अक्टोबरमा भएको खेलमा बेलिङ्घमले बार्सिलोना विरुद्ध दुई गोल गरेका थिए। त्यसमध्ये एक गोल उनले इन्ज्युरी समयमै गरेका थिए।

बेलिङ्घमले पहिलो सिजनमै आफू बार्सिलोनाको टाउको दुखाई बन्ने छनक देखाइसकेका छन्। यसको अर्थ अब बेलिङ्घम एलक्लासिकोको नयाँ राजाको रुपमा अगाडी बढ्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *