May 19, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) यति बेला फ्रेन्च स्टार किलियन एम्बाप्पे बीना नै खेल्ने प्रयास गरिरहेको छ। एम्बाप्पेले यस सिजनको अन्त्यमा क्लब छाड्ने एम्बाप्पेको निर्णय पश्चात पिएसजी एम्बाप्पेलाई टोली बाहिर राखेर विभिन्न परिक्षण गर्न जुटेको हो।

आइतबार राति पनि पिएसजीले त्यस्तै परिक्षण गर्यो। फ्रेन्च लिग वान अन्तरगतको खेलमा पिएसजीले एम्बाप्पेलाई बेन्चमा राखेर खेल खेल्यो र सानदार जित निकाल्यो।

आइतबार राति पिएसजीले लियोनको सामना गर्दा एम्बाप्पे सुरुवाती ११ मा थिएनन्। पिएसजीले उनलाई बेन्चमा राखेको थियो। एम्बाप्पेलाई मैदान प्रवेश नगराई पिएसजीले लियोन माथि ४-१ को सानदार जित निकाल्यो।

पिएसजीको जितमा गोन्कालो रामोसले दुई गोल गर्दा लुकास बेराल्डोले एक गोल गरे। एक गोल भने पिएसजीले उपहारमा पाएको थियो। लियोनका लागि भने एक मात्र गोल अर्नेस्ट नुमाहले गरे।

खेलमा भएका पाँच मध्ये पाँचै गोल पहिलो हाफमा भएका थिए। खेलको तेस्रो मिनेटमै नेमान्जा माटिकको आत्मघाती गोलबाट पिएसजीले अग्रता पाएको थियो।

खेलको छैठौं मिनेटमा बेराल्डोले गोल गर्दा ३२ औं मिनेटमा रामोसले गोल गरे। त्यस्तै खेलको ३७ औं मिनेटमा नुमाहले लियोनका लागि एक गोल फर्काए। खेलको ४२ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दा पिएसजी ४-१ को गोल अन्तरले अगाडी बढ्यो।

दोस्रो हाफमा कुनै पनि टोलीबाट गोल हुन सकेनन्। यस जित पश्चात पिएसजीले शिर्ष स्थानमा ११ अंकको स्पष्ट अग्रता पायो। पिएसजीले २९ खेलमा १९ जित निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *