June 17, 2024

एजेन्सी – आइसीसी टी-२० विश्वकप क्रिकेट अगाडी अमेरिकाले सनसनीपूर्ण जित निकालेको छ। अमेरिकाले बंगलादेश विरुद्धको तीन टि-२० खेल शृंखलाको पहिलो खेलमा सानदार जित दर्ता गरेको हो।

सिरिजमा १-० को अग्रता लिनेक्रममा अमेरिकाले बंगलादेश माथि ५ विकेटको जित दर्ता गर्यो। टस जितेर अमेरिकाले पहिला बलिङ गर्ने निर्णय गरेसंगै बंगलादेश ब्याटिङमा उत्रिएको थियो।

बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनायो। बंगलादेशका लागि टोहिद हृडोयले ४७ बलमा सर्वाधिक ५८ रन बनाए । महमदुल्लाहले ३१ तथा सौम्य सरकारले २० रन जोडे।

जवाफी ब्याटिङ गर्नेक्रममा बंगलादेशले दिएको १५४ रनको मध्यम लक्ष्य अमेरिकाले ५ विकेट गुमाएर भेट्टायो। बंगलादेशले दिएको लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा पूरा गरेको थियो।

अमेरिकाका लागि कोरी एन्डरसनले २५ बलमा २ छक्का सहित सर्वाधिक ३४ रन बनाए। हरमित सिंहले १३ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन जोड्दा स्टेभेन टेलरले २८ तथा आन्द्रेस गुसले २३को योगदान दिए।

बंगलादेशका लागि मुस्तफिजुर रहमानले २ तथा शोरीफूल इस्लाम र ऋषाद होसेनले १-१ विकेट लिएका थिए। अमेरिकाका लागि स्टेभेन टेलरले २ तथा सौरभ नेत्रभल्कर, अलि खान र जेसी सिंहले १-१ विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *