June 25, 2024

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई सक्दो छिटो अमेरिका पठाउने भएको छ। विश्वकप क्रिकेट प्रतियोगिता खेल्नको लागे क्यानले सन्दीपलाई छिट्टै अमेरिका पठाउने भएको हो।

क्यानले सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया सुरु भैसकेको छ। क्यानका सचिव पारस खड्काले यस बारे सार्वजनिक रुपमै जानकारी गराएका छन्।

उनले एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएका हुन्। सन्दीपलाई अमेरिका पठाउने बारे आइसीसी लगायत सम्बन्धित निकायहरूमा पहल भइरहेको खड्काको भनाई छ।

“राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा यस संघबाट गम्भीरताका साथ International Cricket Council लगायत सम्बन्धित निकायहरूमा पहल भइरहेको र संयुक्त राज्य अमेरिकाको भिसाको प्रक्रिया अगाडि बढाइएको ब्यहोरा जानकारी गराउँदै यस संघबाट निजको विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता सम्बन्धी सबै आवश्यक प्रक्रिया अगाडि बढाई सकिएको ब्यहोरा समेत अवगत गराउन चाहन्छु ।”,खड्काले विज्ञप्ति जारी गर्दै भनेका छन्।

यसअघि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ। बलात्कार मुद्दा चकिरहेका कारण सन्दीप सो टोलीमा थिएनन्।

तर उच्च अदालतले सफाई दिएपछि सन्दीप नेपाली क्रिकेटमा फर्किने बाटो खुलेको छ। बाहिर आएका खबरलाई मान्ने हो भने सन्दीप यहि साताको अन्तिम अथवा आगामी साताको सुरुवातमा अमेरिका उड्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *