June 14, 2024

एजेन्सी – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा आज सांझा राजस्थान रोयल्स र रोयल च्यालेनजर्स बेंगलूरु आमने-सामने हुँदैछन्।

इण्डियन प्रिमियर लिग (आईपिएल) २०२४ संस्करणको प्लेअफ इलिमिनेटर खेलमा आज राजस्थान रोयल्स र रोयल च्यालेनजर्स बेंगलूरु आमने-सामने हुन लागेका हुन्।

राजस्थान रोयल्स र रोयल च्यालेनजर्स बेंगलूरु बीचको खेल नेपाली समय अनुसार ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ। आज हुने खेलमा दुवै टोली जित्नै पर्ने दबाबमा हुनेछन्।

राजस्थान तेस्रो भएर प्लेअफका लागि छनोट हुँदा बेंगलूरु चौंथो भएर प्लेअफमा प्रवेश गरेको थियो। राजस्थानले समूह चरणमा १४ मध्ये ८ खेल जितेको थियो भने ५ खेलमा हार बेहोरेको थियो।

त्यस्तै एक खेल भने रद्द भएको थियो। बेंगलूरुले लिग चरणमा पहिलो ८ खेलमा १ खेल मात्र जितेपछि त्यसपछिका ६ खेलमा लगातार ६ जित दर्ता गर्दै प्लेअफमा स्थान बनाएको थियो।

लिग चरणमा भेट हुँदा राजस्थानले ६ विकेटले विजयी भएको थियो। बेंगलूरु आज सो हारको बदला लिँदै फाइनलमा पुग्ने सम्भावनालाई कायमै राख्ने योजनामा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *