June 25, 2024

काठमाडौँ – आइसीसी टि-२० विश्वकप नजिकिरहेका बेला यति बेला सबैको चासो नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेमा छ।

सन्दीप लामिछानेले विश्वकपमा सहभागी हुन पाउँछन् कि पाउँदैनन् भन्ने कुराको अझै टुंगो लागिसकेको छैन। अमेरिकाले सन्दीपलाई भिसा नदिँदा नेपाली क्रिकेट प्रेमी दुखि भएको अवस्था छ।

सन्दीपलाई विश्वकप खेलाउन नेपाल क्रिकेट संघ (क्यान)ले निरन्तर पहल गरिरहेको छ। क्यान अध्यक्ष चतुरबहादुर चन्दले दिएको जानकारी अनुसार लामिछानेको भिसाको विषयमा पहल गर्न सरकार नै जुटेको छ।

बिहीबार खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरणका लागि अनुरोध गरिसकेको छ। युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कासँगको कुराकानीपछि पश्चात खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको हो।

नेपालमा रहेको अमेरिकी दुतावास बिदाका कारण शनिबार र आइतबार बन्द रहनेछन्। जसकारण सन्दीपको भिसाका लागि थप पहल सोमबार हुन सक्ने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *