June 14, 2024

काठमाडौँ – अमेरिकाले भिसा दिन अस्विकार गरेपनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार सन्दीप लामिछाने आइसीसी टि-२० विश्वकपमा सहभागी हुने भएका छन्।

भिसा समस्याका कारण आइसीसी टि-२० विश्वकप अन्तर्गत अमेरिकामा हुने खेल गुमाउने भएपनि सन्दीपलाई विश्वकपमा सहभागी गराउने योजना सहित नेपाल क्रिकेट संघ (क्यान) अगाडी बढेको हो।

नेपालले विश्वकपमा समूह चरण अन्तर्गत चार खेल खेल्नेछ। समूह चरणमा नेपालले नेदरल्याण्डस, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकाको सामना गर्नेछ।

त्यसमध्ये दुई खेल अमेरिकामा हुनेछन् भने दुई खेल वेस्ट इन्डिजमा हुनेछन्। अमेरिकाले भिसा नदिएको खण्डमा सन्दीपले नेदरल्याण्डस र श्रीलंका विरुद्धका खेलहरु गुमाउनेछन्।

तर बाँकी दुई खेलका लागि भने सन्दीपलाई वेस्टइन्डिज पठाउने क्यानको योजना छ। क्यानले यस सम्बन्धमा केहि दिन भित्रै निर्णय गर्नेछन्। अहिलेका लागि क्यान सके सम्म सन्दीपलाई अमेरिकाको भिजा दिलाउने प्रयासमा हुनेछ।

अमेरिकाको भिसा नआए वेस्ट इन्डिजमा मात्र भए पनि लामिछानेलाई खेलाउने विषयमा कुराकानी भइरहेको क्यानका अधिकारीहरु बताउँछन्। नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल वेस्ट इन्डिजमा खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *