June 25, 2024

काठमाडौँ – आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप सुरु हुन अब केहि समय मात्रै बाँकी छ। अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप आगामी जुन २ देखि सुरु हुनेछ।

यति बेला विश्वकपमा सहभागी हुने सबै टोली तयारीमा जुटिसकेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोली पनि विश्वकपमा सहभागी हुनको लागि अमेरिका पुगिसकेको छ।

नेपाल अमेरिकामा निरन्तर तयारी गरिरहेको छ। विश्वकप प्रतियोगिताका लागि २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। हरेक समूहमा पाँच-पाँच टोली रहेका छन्।

नेपाल समूह ‘डी’मा छ। सो समूहमा नेपालका अलावा पूर्वविजेता श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्याण्डस छन्। नेपाल विश्वकपकै सबै भन्दा कठिन समूहमा छ।

नेपालले जुन ४ मा विश्वकपको पहिलो खेल खेल्नेछ। पहिलो खेलमा नेपालको सामना नेदरल्याण्डससँग हुनेछ। सो खेल डालासमा हुनेछ। नेपालले त्यसपछि अमेरिकाकै फ्लोरिडामा श्रीलंकासँग जुन ११ मा खेल्नेछ।

बाँकी दुई खेल भने नेपालले वेस्ट इन्डिजमा खेल्नेछ। नेपालले वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशको सामना गर्नेछ।

नेपाल पक्कै पनि अप्रत्यासित नतिजा निकाल्दै कठिन समूह पार गरेर अगाडी बढ्ने योजनामा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *