June 22, 2024

काठमाडौँ – आइसीसी टि-२० विश्वकप नजिकिरहेका बेला यति बेला सबैको चासो नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेमा छ।

सन्दीप लामिछानेले विश्वकपमा सहभागी हुन पाउँछन् कि पाउँदैनन् भन्ने कुराको अझै टुंगो लागिसकेको छैन। अमेरिकाले सन्दीपलाई भिसा नदिँदा नेपाली क्रिकेट प्रेमी दुखि भएको अवस्था छ।

तर हालसालै बाहिर आएको जानकारी अनुसार सन्दीपको विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बीच एक प्रकारको सहमति भएको छ।

हाललाई बुझाउनुपर्ने १५ जना खेलाडीहरूको अन्तिम सूचीमा १४ जना खेलाडीहरूको सूची मात्र बुझाउने र लामिछानेको विषयमा टुङ्गो लागेपछि १५ औँ खेलाडीको टुङ्गो लगाउने विषयमा क्यान र आईसीसी बीच एक प्रकारको सहमति भएको हो।

क्यान अध्यक्ष चतुरबहादुर चन्द भन्छन्,”हाललाई बुझाउनुपर्ने १५ जना खेलाडीहरूको अन्तिम सूचीमा १४ जना खेलाडीहरूको सूची मात्र बुझाउने र लामिछानेको विषयमा टुङ्गो लागेपछि १५ औँ खेलाडीको टुङ्गो लगाउने आईसीसीसँग एक खालको सहमति भएको छ”

भिसा समस्याका कारण आइसीसी टि-२० विश्वकप अन्तर्गत अमेरिकामा हुने खेल गुमाउने भएपनि सन्दीपलाई विश्वकपमा सहभागी गराउने योजना सहित नेपाल क्रिकेट संघ (क्यान) अगाडी बढेको छ।

अमेरिकाको भिसा नआए वेस्ट इन्डिजमा मात्र भए पनि लामिछानेलाई खेलाउने विषयमा कुराकानी भइरहेको क्यानका अधिकारीहरु बताउँछन्। नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल वेस्ट इन्डिजमा खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *