June 14, 2024

एजेनिस – आइसीसी टि-२० क्रिकेट विश्वकप सुरुवात हुनु अगाडी वार्मअप खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज एक्सनमा उत्रँदैछ। टि ट्वान्टी विश्व कप अघि नेपालले खेल्ने दुई मध्ये पहिलो वार्म अफ खेलका लागि नेपाल आज एक्सनमा उत्रन लागेको हो।

नेपालले पहिलो खेलमा आज क्यानाडाको सामना गर्नेछ। नेपाल र क्यानाडा बीचको खेल ग्रान्ड प्रेरि मैदानमा हुनेछ। खेल नेपाली समय अनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

पहिलो वार्म अप खेलमा नेपाल जित निकाल्ने पक्षमा हुनेछ। विश्व कपको तयारीका लागि नेपाली टोली गत महिना देखि अमेरिका छ। नेपालले त्यहाँ निरन्तर अभ्यास गर्दै आएको छ।

नेपालले वेस्ट इन्डिजामा तीन अभ्यास खेल खेलेको थियो। विनवार्डस् भोल्क्यानोजसँगको ३ खेलको शृंखला नेपालले २-१ ले जितेको थियो। त्यहाँबाट नेपाल पुनः अमेरिका फर्किएको थियो।

अमेरिकामा नेपालले ह्युस्टनमा ह्युस्टन हरिके्रन्ससँग खेलेको थियो। दुई मध्ये दुवै खेलमा नेपालले जित निकालेको थियो। आज राति क्यानाडा विरुद्ध खेलेपछि नेपालले अर्को वार्मअप खेलमा अमेरिकाको सामना गर्नेछ।

नेपाल र अमेरिका बीचको खेल मे ३० मा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *