June 25, 2024

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आइसीसी टि-२० विश्वकपमा सहभागी हुन नपाउँदैमा सन्दीप लामिछानेको करियर नसकिने बताएका छन्।

अमेरिकाले भिसा नदिएपछि सन्दीपले विश्वकपमा सहभागी हुन पाउने सम्भावना क्षिण बन्दै गएपछि चन्दले सामाजिक संजाल मार्फत विश्वकपमा सहभागी हुन नपाउँदैमा सन्दीपको करियर नसकिने बताएका हुन्।

बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेपनि सन्दीपले उच्च अदालत पाटनबाट सफाई पाएका थिए। सफाई पाएपछि पनि उनले अमेरिकाले भिसा दिन अस्विकार गर्यो।

जसपश्चात चन्द सहित क्यानका पदाधिकारीहरुको चर्को आलोचना भयो। आलोचना पश्चात चन्दले सामाजिक संजाल मार्फत स्पष्टिकरण सार्वजनिक गर्दै विभिन्न कुराहरु स्पष्ट पारेका छन्।

सन्दीपजस्तो बहुप्रतिभाशाली खेलाडीका कारण नेपाल विश्वकपका लागि छनोट भएको चन्दको भनाई छ। सन्दीपले विश्वकप खेल्न नपाउनु सबैका लागि दुखको कुरा रहेको चन्दले सामाजिक संजालमा उल्लेख गरेका छन्।

“सन्दीपजस्तो बहुप्रतिभाशाली खेलाडी, जसका कारणले पनि आज हामी विश्वकप खेल्दै छौँ । स्वयं सन्दीपले खेल्न नपाउनुले हामी सबै दु:खी छौँ । तर यसमा सहभागी हुन नपाउँदैमा न सन्दीपको करिअर समाप्त हुनेछ न नेपालको क्रिकेट, सबैमा धैर्यता कायम गरिदिन आग्रह गर्दछु”,उनले सामाजिक संजालमा लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *