June 22, 2024

एजेन्सी – आयोजन अमेरिकाले आइसीसी टि-२० विश्वकपमा सुखद सुरुवात गरेको छ। अमेरिकाले आईसीसी टी-२० विश्वकपको पहिलो खेलमा क्यानाडालाई पराजित गर्दै सुखद सुरुवात गरेको हो।

डलासमा आइतबार बिहान भएको पहिलो खेलमा अमेरिकाले क्यानाडाबाट पाएको कठिन लक्ष्य मात्र ३ विकेट गुमाएर पूरा गर्यो। क्यानाडाले अमेरिकालाई १ सय ९५ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्य अमेरिकाले १४ बल बाँकी छँदै पूरा गर्यो।

त्यस अगाडी अमेरिकाले बंगलादेशलाई ३ खेलको टी-२० सिरिजमा समेत हराएको थियो। कुनै बेला धेरै कम्जोर रहेको अमेरिकाको क्रिकेट टोली विश्वकप सम्म आइपुग्दा धेरै बलियो देखिएको छ।

अमेरिका २०७६ सालमा नेपालसँग ३५ रनमा अल आउट भएको थियो। तर अहिले अमेरिकी क्रिकेट टोली छुट्टै लयमा छ। अमेरिकी राष्ट्रिय क्रिकेट टोलीमा धेरै विदेशी खेलाडीलाई देख्न सकिन्छ।

विश्वकपको पहिलो खेलमा क्यानाडा विरुद्ध मैदानमा उत्रिएका ११ जना मध्ये ९ जना विदेशी थिए। आरोन जोन्स र स्टेभेन टेलरबाहेक सबै विदेशी मूलका रहेका छन्।

अमेरिकाको कप्तानी गरिरहेका मोनक पटेल भारतीय मूलका हुन्। हर्मित सिंह र सौरभ नेत्रभाल्कर पनि भारतीय हुन्। तीनै खेलाडीले भारतको युवा टोलीबाट खेलिसकेका छन्।

बलर जसदीप सिंह पनि भारतीय मूलका रहेका छन्। क्यानाडा विरुद्धको खेलमा बेन्चमा रहेका नोसथुस प्रदीप केन्जिगे, निशर्ग पटेल र मिलिन्द कुमार पनि भारतीय मूलका रहेका छन्।

अमेरिकाबाट विश्वकपमा समेटिएका विकेटकिपर ब्याटर एन्ड्रिस गोस दक्षिण अफ्रिकाका हुन्। अलराउन्डर श्याडली भान शाल्क्विक पनि दक्षिण अफ्रिकाका हुन्।

अमेरिकाबाट खेलिरहेका नितिश कुमार भारतीय मुलका क्यानेडियन खेलाडी रहेका छन्। अमेरिकी टोलीका अर्का खेलाडी अली खान पाकिस्तानका हुन्। शायन जहागिर पनि पाकिस्तानका रहेका छन्। ब्याटिङ अलराउन्डर कोरे एण्डरसन न्युजिल्यान्डका पूर्व खेलाडी रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *