June 14, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक दशक पछि आइसीसी टि-२० विश्वकप खेल्दैछ। अमेरिका र वेस्ट इन्डिजमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ।

नेपाल विश्वकपका लागि एक्सनमा उत्रनु अगाडी जगन्नाथ ग्रुप अन्तर्गतको युरो पेन्ट्सले नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहन स्वरूप पुरस्कारको घोषणा गरेको छ।

जगन्नाथ ग्रुप अफ इन्डष्ट्रिजले उत्पादन गर्दै आएको युरो पेन्ट्सले ‘सुन्दरता र विश्वासको प्रतीक’ नाराका साथ विश्वकपमा टिमको हौसलाका लागि सहयोग र पुरस्कारको घोषणा गरेको हो।

सो बारे पेन्ट्सले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ। नेपाली क्रिकेट टोलीका खेलाडीले प्रतिरन ३०० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विश्वकप खेलमा प्रत्येक चौकामा खेलाडीले १ हजार र छक्कामा ३ हजार प्राप्त गर्नेछन्।

साथै अर्ध सतकमा ५० हजार र शतकमा १ लाख पुरस्कार दिने कम्पनीको घोषणा छ। त्यस्तै प्रतिविकेट ३ हजार रुपैयाँ दिने घोषणा पनि कम्पनीले गरेको छ।

अमेरिका र वेस्ट इन्डिज आयोजित विश्वकपमा सहभागी टोलीको प्रोत्साहनका लागि क्यानलाई १ लाख रुपैयाँ पनि कम्पनीले उपलब्ध गराउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *